एसईई को नतिजा आज आउने सम्भावना

असार १३ , काठमाडौ । एसईई दिएका बिद्यार्थीहरुको नतिजाको पर्खाइ सम्भवत आज पूरा हुँदै छ।  आज नतिजा  सार्वजनिक गर्ने योजना तहत कार्य अघि बढेको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्न गएराति डेमो गरिएको छ । आज बिहान बोर्डका सदस्यहरुलाई डेमो देखाइँदै छ ।

आजै साँझ ५ बजे परीक्षाफल सार्वजनिक गर्ने तयारी गर्ने तयारी छ ।

उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्तांक इन्ट्री गर्ने कामसमेत लगभग सकिएकाले आजै नतिजा प्रकाशन गर्न लागिएको हो ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    Leave a Reply