१८ चैत , काठमाडौ ।— राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।भोलि देखि संचालन हुने यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुने भएका छन्।
बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य रहेका छन्। यसपटक विदेशमा समेत परीक्षा सञ्चालन गरिँदै जापानबाट २३ जना परीक्षार्थी सहभागी हुने छ।
परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएको छ। आवश्यक सुरक्षा, जनशक्ति र व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बोर्डले जनाएको छ।
बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सञ्चालन गर्न सम्बन्धित सबै निकायलाई समन्वय गरेको छ।



















