ईरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईको कडा चेतावनी—अमेरिका र इजरायललाई ‘सजायबाट उम्कन नदिने’

२७ चैत, काठमाडौ ।  ईरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईले अमेरिका र इजरायलविरुद्ध कडा चेतावनी दिएका छन्। इस्लामाबादमा जारी उच्चस्तरीय वार्ताका क्रममा उनले ईरानमाथि भएको आक्रमणको बदला अवश्य लिइने र दोषीलाई सजायबाट उम्कन नदिने स्पष्ट पारे।
राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनेईले पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वमा ईरानले “निर्णायक विजय” हासिल गरेको दाबी गरे। उनले ईरानी जनता र सशस्त्र बलको साहस र दृढताको प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि देशले मजबुत रूपमा प्रतिकार गरेको बताए।
खामेनेईले आक्रमणका कारण भएको क्षतिका लागि मुआब्जा (क्षतिपूर्ति) माग गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा थप नियन्त्रण कायम गर्ने अडान पनि दोहोर्‍याए।
उनले आफ्नो नाममा जारी वक्तव्यमा भनेका छन्, “आज र अहिलेसम्मको अवस्थालाई हेर्दा, पूर्ण विश्वासका साथ भन्न सकिन्छ कि ईरानको वीर राष्ट्र यस क्षेत्रमा निर्णायक विजेता बनेको छ।”

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more