नेपालमा बाढीबाट मृत्यु हुनेको संख्या ५३८ पुग्यो, फेरि बाढीको जोखिम

१२ भदौ,काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। तिब्बत सीमा क्षेत्रमा हिमपहिरोका कारण बनेको तालमा पानीको सतह बढेसँगै प्रभावित क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम बढेको छ। जोखिमका बीच खोज तथा उद्धार अभियान सावधानीपूर्वक जारी राखिएको छ।

नेपाल प्रहरीले शुक्रबार जारी गरेको विवरणमा हालसम्म आठ जिल्लाबाट ५३८ जनाको शव बरामद भएको जनाएको छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले नेपालमा आएको विपद्मा ३२० जना भारतीय नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि भारतीय टोलीले निरन्तर प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, चीनतर्फ कम्तीमा ४०० जना भारतीय नागरिक फसेका भए पनि सुरक्षित अवस्थामा रहेको र अन्य ९६ जना स्थलमार्ग हुँदै नेपाल प्रवेश गरिसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी शव चितवनबाट २२१ र नवलपरासी पूर्वबाट १३४ बरामद भएका छन्। त्यस्तै, गोरखाबाट ४६, नुवाकोटबाट ३७, धादिङबाट ३३, तनहुँबाट २८, नवलपरासी पश्चिमबाट २७ र रसुवाबाट १२ शव बरामद भएका छन्।

बाढी आएको तेस्रो दिन पनि खोज तथा उद्धार अभियान जारी रहेको प्रहरीले जनाएको छ। अभियानमा ७ हजार ४५१ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा २ हजार ३९१ जना नेपाली सेनाका जवान रहेका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले शुक्रबार प्रभावित क्षेत्रमा पुनः बाढीको जोखिम रहेको चेतावनी दिएको छ। प्राधिकरणका अनुसार यसै साता भीषण बाढी आएको क्षेत्रमा पानीको सतह बढिरहेकाले थप बाढी आउन सक्ने सम्भावना छ।

बुधबार रसुवा तथा मध्य नेपालका विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि सयौँको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।

NDRRMA ले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीसहित भोटेकोशी र त्रिशूली क्षेत्रमा विभिन्न कारणले बसिरहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले कुनै पनि प्रकारको जोखिम वा खतरा महसुस भएमा तुरुन्त सुरक्षित स्थानमा सर्नसमेत अपिल गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more