१२ भदौ, काठमाडौ । — चीनतर्फ रहेको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा रहेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ।
ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा सम्भावित बाढी तथा नदीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नदी तथा खोला आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेका छन्। उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई कुनै पनि ढिलाइ नगरी सुरक्षित गन्तव्यतर्फ जान आग्रह गरेका हुन्।
विशेषगरी भोटेकोशी, तामाकोशी तथा अन्य नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार तथा सुरक्षा संयन्त्रलाई समेत तयारी अवस्थामा राखेको जनाएको छ।
प्रशासनले नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन सबैलाई आग्रह गरेको छ।




















