सुनको भाउ आकाशिदै

५ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार १ सय रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचारहरु

धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

Read more

हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

Read more