देवानगञ्जमा मदरसाको अनुगमन तथा प्रशासनिक प्रक्रिया तीव्र

४ भदौ, सुनसरी ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा सञ्चालित दारुल उलुम अल्सफा मदरसाको नियमन, अनुगमन तथा आवश्यक प्रशासनिक प्रक्रिया गाउँपालिकाले तीव्र बनाएको छ।
मदरसाको वास्तविक अवस्था तथा सञ्चालन प्रक्रियाबारे अध्ययन गर्न २०८३/०५/०३ गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित टोलीले स्थलगत अनुगमन गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार यसअघि नै २०८३/०४/२८ गते जिल्ला प्रशासन कार्यालयलाई उक्त मदरसा गाउँपालिका तथा वडा कार्यालयमा दर्ता नभएको जानकारी गराइएको थियो।
त्यस्तै, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३/०५/०२ गते मदरसालाई तीन दिनभित्र आवश्यक प्रमाणित विवरण तथा कागजात पेश गर्न निर्देशन दिएको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय तथा अनुगमन टोलीसँग समन्वय गरी मदरसासम्बन्धी प्रक्रिया प्रचलित कानुनबमोजिम अघि बढाइएको जनाएको छ।
देवानगञ्ज गाउँपालिकाअन्तर्गत हाल तीन वटा धार्मिक विद्यालय दर्ता रहेको गाउँपालिकाले जनाएको छ। तीमध्ये वडा नं. १ मा उस्मानिया आइडेल पब्लिक स्कुल, वडा नं. २ मा मदरसा इस्लामिया र वडा नं. ७ मा श्री पशुपति शिक्षा मन्दिर रहेका छन्।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more