तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित सार्वजनिक

३ भदौ,बारा।जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेका हुन्।

प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारालगायतका प्रहरी टोली अनुसन्धानमा परिचालन भएका थिए। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीको दाबी छ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवरले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान तथा प्रमाण संकलनको काम जारी रहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more