ब्रम्हर्षी समाजको अध्यक्षमा दीपेन्द्र कुमार ठाकुर चयन

३० साउन, जनकपुरधाम। ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। समाजको अध्यक्षमा दीपेन्द्र कुमार ठाकुर चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोविन्द राय चन्दन र शत्रुध्न ठाकुर, महासचिवमा रवीन्द्र कुमार चौधरी, कोषाध्यक्षमा परमानन्द शर्मा तथा सचिवमा दीपक मिश्र चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा विभा पाण्डेय, सरिता शर्मा, अमर कुमार पाण्डेय, नवीन पाण्डेय, रुपेश ठाकुर, अनिल पाण्डेय, जय नन्दन पाण्डेय र सुमन ठाकुर रहेका छन्।

कार्यक्रमका क्रममा ब्रम्हर्षी समाजको नयाँ भवनको समेत उद्घाटन गरिएको थियो। उद्घाटन तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथिसहित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल, राम सरोज यादव, जीवनाथ चौधरीलगायतको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिले समाजको संस्थागत विकास, सामाजिक एकता र समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more