काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्या रहेको प्रहरीको तथ्यांक

२२ साउन , काठमाडौ । — नेपाल प्रहरीले काठमाडौं उपत्यकामा हाल ५६८ जना रोहिंग्या बसोबास गरिरहेको पहिचान गरेको जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उपत्यकामा रहेका रोहिंग्याको संख्या सार्वजनिक गर्दै उनीहरूको पहिचान तथा विवरण संकलन गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार रोहिंग्याहरू मुख्य रूपमा काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएका छन्।
प्रहरीले उनीहरूको आधारभूत विवरण संकलन गरिएको जनाएको भए पनि बसोबासको अवस्था, कानुनी हैसियत तथा व्यवस्थापनसम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन।
रोहिंग्या शरणार्थीहरूको व्यवस्थापन र उनीहरूको कानुनी अवस्थाबारे सरकार तथा सम्बन्धित निकायले आवश्यक समन्वय र नीति अनुसार काम गरिरहेको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more