दुई दिने साप्ताहिक बिदा यथावत् रहने, शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनरावलोकनको माग बढ्दो

८ साउन, काठमाडौ । — सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल नहट्ने र दीर्घकालसम्म निरन्तर रहने बताउनुभएको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर लागू गरिएको यो व्यवस्था हटाउने सरकारको कुनै योजना नरहेको उहाँले स्पष्ट पार्नुभयो।

यद्यपि, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने सातामा दुई दिन बिदा उपयुक्त नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने आवाज बढ्दै गएको छ। विद्यालयमा पठनपाठन प्रभावित हुने तथा अस्पताल र स्वास्थ्य सेवाको नियमित सञ्चालनमा चुनौती थपिने तर्क गर्दै सम्बन्धित क्षेत्रका सरोकारवालाले दुई दिने बिदाको व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै आएका छन्।
यद्यपि सरकारले हालका लागि दुई दिने साप्ताहिक बिदाको व्यवस्था यथावत् रहने स्पष्ट पारेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more