विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ

८ साउन, विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

३ साउनमा बुद्ध एयरकाे विमानमा विराटनगरबाट काठममाडाैं जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेकाे विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेकाे हाे ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङकाे झाेलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमकाे स्राेतकाे खाेजी गरेको थियाे । स्राेत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय माेरङकाे जिम्मा लगाएकाे थियाे ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे उनले बताए ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more