भारतीय २०० र ५०० रुपैयाँका नोट २५ हजारसम्म नेपाल ल्याउन र लैजान पाइने

७ साउन, काठमाडौ ।  नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ नेपाल ल्याउने, लैजाने तथा सटहीसम्बन्धी विद्यमान व्यवस्था पुनः स्मरण गराउँदै सर्वसाधारणलाई कानुनी प्रावधान पालना गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार हाल चलनचल्तीमा रहेका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, नेपालबाट लैजान र सटही गर्न सक्ने व्यवस्था यथावत रहेको छ।
यस्तै, सन् २०१६ नोभेम्बर ८ देखि चलनचल्तीबाट हटाइएका भारतीय ५०० र १,००० रुपैयाँका पुराना नोटको कारोबार पूर्ण रूपमा निषेध रहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन पाउने छैनन्।
विदेशी विनिमयसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सर्वसाधारणमा भ्रम नहोस् भन्ने उद्देश्यले अद्यावधिक सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more