२६ असार , काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाउने तयारी गरिएको छ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।
चिकित्सकहरूसँगको परामर्शपछि बिरामीको अवस्था गम्भीर रहेको निष्कर्ष निकाल्दै उनलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने सम्पूर्ण प्रक्रिया अघि बढाइएको जनाइएको छ। सरकारले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ।
त्रिपुरेश्वर घटनाका घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि एम्स दिल्ली पठाइने
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 26 views

















