१४ असार , काठमाडौं ।— पूर्वगृहमन्त्री रमेश लेखकले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमाथि असहमति जनाउँदै त्यससँग सम्बन्धित प्रमाण र कागजात उपलब्ध गराउन माग गरेका छन्।
शुक्रबार आयोगको हरिहरभवनस्थित कार्यालय पुगेर लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, त्यससँग सम्बन्धित श्रव्यदृश्य सामग्री, लिखित प्रमाण तथा अन्य कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिन निवेदन दिएका हुन्।
लेखकले आयोगको वेबसाइटमा सार्वजनिक गरिएको निर्णय अध्ययन गर्दा आफूलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै पश्चातदर्शी कानुन बनाएर भए पनि कारबाही गर्न तथा अन्य व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको उल्लेख गरेको बताएका छन्।
आफूले आयोगको उक्त निष्कर्ष स्वीकार गर्न नसक्ने जनाउँदै लेखकले प्रतिवेदन तयार पार्ने आधार, प्रमाण तथा छानबिन प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।
उनले आयोगको सदस्य लीली थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त निर्णय भएको उल्लेख गर्दै आफूलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्ने निर्णयप्रति असहमति रहेको बताएका छन्।
आयोगले हालसम्म लेखकको निवेदनबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको



















