८ अषाढ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्। उनले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउन आफूले उम्मेदवारी दिएको उल्लेख गरे।
हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा नरहे पनि उनी रास्वपाका आधिकारिक प्रवक्ताका रूपमा सक्रिय छन्। पार्टीका गतिविधि, नीति तथा धारणा सार्वजनिक गर्ने जिम्मेवारी सम्हाल्दै आएका झा संगठनभित्र प्रभावशाली नेतामध्ये एक मानिन्छन्।
रास्वपाको जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला झाको उम्मेदवारी घोषणालाई चासोका साथ हेरिएको छ। महाधिवेशनमा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 16 views



















