भारतीय नियमका कारण नेपाली चिया उद्योग संकटमा, भोलिदेखि उद्योग र बगान बन्द गर्ने घोषणा

३ अषाढ, झापा।  नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन्।

उद्योगीहरूका अनुसार भारततर्फ निर्यात हुने नेपाली चियामा अवरोध उत्पन्न भएपछि उद्योग सञ्चालन गर्न कठिन भएको छ। विशेषगरी भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित भएको उनीहरूको भनाइ छ।

नयाँ व्यवस्थाअनुसार नेपाली चिया भारत निर्यातमा थप प्रक्रिया र मापदण्ड लागू गरिएकाले सीमा नाकामा चिया रोकिएको तथा निर्यात प्रभावित भएको उद्योगीहरूको दाबी छ। यसबाट चिया उद्योग, किसान तथा मजदुर प्रत्यक्ष रूपमा प्रभावित भएको उनीहरूले बताएका छन्।

समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै उद्योगीहरूले भारतीय पक्षसँग कूटनीतिक पहल गरी निकास खोज्न माग गरेका छन्। माग सम्बोधन नभएसम्म चिया उद्योग तथा बगान बन्द रहने चेतावनी उद्योगीहरूले दिएका छन्।

उद्योग बन्दको निर्णयले पूर्वी नेपालका चिया उत्पादक क्षेत्रका हजारौँ किसान र श्रमिक प्रभावित हुने अनुमान गरिएको छ। सरकार र सम्बन्धित निकायले समयमै पहल नगरे चिया क्षेत्र थप संकटमा पर्ने उद्योगीहरूको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more