संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

२३ जेठ, काठमाडौ । जनमत पार्टीले बलियो संघीयताको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।
पार्टीका अध्यक्ष डा. सीके राउतको नेतृत्वमा हुने उक्त प्रदर्शनमार्फत संघीय व्यवस्थालाई थप प्रभावकारी र सशक्त बनाउनुपर्ने माग उठाइने जनाइएको छ।
जनमत पार्टीले यसअघि ‘नौलो गणतन्त्र’ को नारासहित आन्दोलनको घोषणा गरेको भए पनि प्रदेश र संघीय सरकारमा सहभागी भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएका थिए। हाल पार्टी कुनै पनि तहको सरकारमा नरहेपछि पुनः संघीयता सुदृढीकरणको एजेन्डालाई अगाडि बढाउन लागेको हो।
पार्टीका अनुसार प्रदर्शनपछि केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति तथा जिल्ला कार्यसमितिको पूर्ण बैठक पनि बस्नेछ। बैठकमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन्।
जनमत पार्टीले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशहरूको अधिकार सुनिश्चितता तथा राज्य संरचनालाई थप सुदृढ बनाउनुपर्ने मागसहित प्रदर्शन गर्न लागेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more