प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल नियुक्त

२३ बैशाख , काठमाडौ । — सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन रहिसक्नुभएका अग्रवालले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधार सम्बन्धी विषयमा प्रधानमन्त्रीलाई परामर्श दिनेछन्।
प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्य क्षेत्रलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा. अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सरकारका अनुसार डा. अग्रवालले कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई पूर्णतः अवैतनिक रूपमा विशेषज्ञ सेवा प्रदान गर्नेछन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more