सुनचाँदीको भाउ बढ्यो

२३ वैशाख, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

Read more

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

Read more