सुनको मुल्य ३ लाख मुनि

६ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

रेकर्ड मूल्यबाट सुनको भाउ करिब ४५ हजार रुपैयाँ घटिसकेको छ ।

सम्बन्धित समाचारहरु

इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

Read more

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more