प्रधानमन्त्री सुसिला कार्की आज जनकपुरधाम आउँदै, सुरक्षा व्यवस्था कडा

६ चैत, जनाकपुरधाम।  प्रधानमन्त्री सुसिला कार्की आज जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि आउने कार्यक्रम रहेको छ। उनको भ्रमणलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।
भ्रमणका क्रममा सम्भावित भीड व्यवस्थापन, सुरक्षा जोखिम न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय प्रशासनले संयुक्त रूपमा विशेष सुरक्षा योजना लागू गरेका छन्।
मन्दिर परिसर तथा आसपासका क्षेत्रमा निगरानी बढाइएको छ भने आवश्यक स्थानहरूमा चेकजाँच तथा प्रवेश नियन्त्रणलाई समेत कडाइका साथ कार्यान्वयन गरिएको छ।
यसैबीच, प्रशासनले दर्शनका लागि आउने श्रद्धालुहरूलाई सुरक्षाकर्मीको निर्देशन पालना गर्न तथा सहयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more