जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउँदै

२४ फागुन, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो ।

आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् र उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more