इरानले आत्मसमर्पण गरेको दाबी गर्दै ट्रम्पको कडा चेतावनी

२३ फागुन, काठमाडौ ।  अमेरिकाका राष्ट्रपति Donald Trumpले इरानले मध्यपूर्वका छिमेकी देशहरूसँग माफी माग्दै आत्मसमर्पण गरेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Socialमा पोस्ट गर्दै इरान लगातार भइरहेको अमेरिकी र इजरायली आक्रमणका कारण कमजोर बनेको र अन्ततः आत्मसमर्पण गर्न बाध्य भएको बताएका हुन्।
उनले इरानले अब छिमेकी मध्यपूर्वी देशहरूमाथि आक्रमण नगर्ने वाचा गरेको पनि उल्लेख गरेका छन्। ट्रम्पका अनुसार इरानले मध्यपूर्वमा प्रभाव जमाएर शासन गर्ने प्रयास गरेको भए पनि अहिले उक्त प्रयास असफल भएको छ।
“हजारौँ वर्षमा पहिलोपटक इरान आफ्ना मध्यपूर्वी छिमेकीहरूसँग पराजित भएको छ,” ट्रम्पले पोस्टमा लेखेका छन्। उनले आफूलाई धन्यवाद दिइएको दाबी गर्दै “धन्यवाद राष्ट्रपति ट्रम्प” भन्ने सन्देश आएको र त्यसको जवाफमा “तपाईंलाई स्वागत छ” भनेको उल्लेख गरेका छन्।
ट्रम्पले इरान अब ‘मध्यपूर्वको दादा’ नभई ‘मध्यपूर्वको पराजित शक्ति’ बनेको टिप्पणी गर्दै आगामी दिनमा पनि इरानविरुद्ध कडा कारबाही हुन सक्ने चेतावनी दिएका छन्। साथै उनले इरानको व्यवहारका कारण हालसम्म लक्षित नगरिएका क्षेत्र र समूहहरू पनि अब निशानामा पर्न सक्ने संकेत दिएका छन्।
यस विषयमा इरान सरकारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more