लोहरपट्टी–८ का एमाले निर्वाचित वडा सदस्य मण्डल जसपा नेपालमा प्रवेश

१८ फागुन, महोत्तर।  महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका–८ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडा सदस्य हरि नारायण मण्डल जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छन्।
उनी जसपा नेपालका वरिष्ठ नेता तथा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शरत सिंह भण्डारी को हातबाट पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा नेता भण्डारीले मण्डललाई स्वागत गर्दै स्थानीय तहमा सक्रिय र जनसम्पर्कमा रहँदै आएका जनप्रतिनिधिको आगमनले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले आगामी निर्वाचनमा महोत्तरी–२ मा जसपा नेपालको जित सुनिश्चित गर्न सबै तहका नेता–कार्यकर्ता एकजुट हुनुपर्ने धारणा राखे।
नवप्रवेशी मण्डलले आफ्नो राजनीतिक यात्रा अब जसपा नेपालमार्फत अगाडि बढाउने बताउँदै मधेस र महोत्तरीको विकासका लागि पार्टीको नीति तथा कार्यक्रमअनुसार काम गर्ने प्रतिबद्धता जनाए।
स्थानीय राजनीतिक वृत्तमा निर्वाचित जनप्रतिनिधिको दल परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस कदमले लोहरपट्टी क्षेत्रमा दलगत समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more