इरानी सर्वोच्च नेता अलि खामेनइ मारिएको दाबी

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump ले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य दिँदै ट्रम्पले खामेनीलाई “इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक” भन्दै उनको मृत्यु इरानी जनता, अमेरिकी नागरिक तथा विश्वभरका मानिसहरूका लागि “ठूलो न्याय” भएको टिप्पणी गरेका छन्।
ट्रम्पका अनुसार अमेरिकी गुप्तचर संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीले इजरायलसँगको समन्वयमा खामेनीको गतिविधि लामो समयदेखि निगरानी गरिरहेको थियो। उनले सोही अपरेसनका क्रममा खामेनी तथा उनीसँगै रहेका केही शीर्ष नेताहरू जोगिन नसकेको दाबी गरेका छन्।
उनले इरानको ठूलो भू–भाग एकै दिनमा ध्वस्त भएको उल्लेख गर्दै मध्यपूर्व तथा विश्वव्यापी शान्ति स्थापना नभएसम्म “पिनपोइन्ट” बमबारी जारी रहने चेतावनी पनि दिएका छन्। इरानी सेनालाई लक्षित गर्दै उनले कडा सन्देश दिँदै भनेका छन्, “अहिले उनीहरूले उन्मुक्ति पाउन सक्छन्, तर ढिलो गरेमा मृत्यु मात्र पाउनेछन्।”
यद्यपि, ट्रम्पको उक्त दाबीबारे स्वतन्त्र पुष्टि हालसम्म भएको छैन। इरानी सरकारी स्रोतहरूले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समुदायले यस घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिरहेको छ।
यदि खामेनीको मृत्यु पुष्टि भएमा, त्यसले इरानको आन्तरिक राजनीतिक संरचना, शक्ति सन्तुलन तथा समग्र मध्यपूर्वको सुरक्षा परिदृश्यमा गहिरो प्रभाव पार्न सक्छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more