१६ फागुन , काठमाडौं । मध्यपूर्वमा इजरायल–इरान बीच बढ्दो सैन्य तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
परराष्ट्र मन्त्रालय तथा तेल अविवस्थित नेपाली दूतावास तेल अविव ले संयुक्त सूचना जारी गर्दै परिस्थिति सामान्य नबनेसम्म इजरायल र इरानको यात्रा स्थगित गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
सूचनामा सकेसम्म घरभित्रै बस्न, सुरक्षित स्थल (सेल्टर) मा रहन र स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न भनिएको छ। अधिकारीहरूको पूर्वअनुमति विना अनावश्यक आवतजावत नगर्न पनि विशेष अनुरोध गरिएको छ।
त्यस्तै, कुनै पनि आपतकालीन अवस्थामा सहयोगका लागि स्थानीय नेपाली समुदाय, परराष्ट्र मन्त्रालय तथा तेल अविव र दोहास्थित नेपाली दूतावासहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ।
सरकारले परिस्थिति नजिकबाट अनुगमन गरिरहेको जनाउँदै नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।
मध्यपूर्व तनाव: नेपाल सरकारद्वारा इजरायल–इरान क्षेत्रमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
- Breaking News, समाचार
- ७ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 16 views



















