ट्याक्टरको रोटाभेटरले किच्दा महोत्तरीमा दुई बालिकाको मृत्यु

२९ माघ , महोत्तरी ।  महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाभेटरले किच्दा दुई बालिकाको ज्यान गएको छ।
आज दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा ७ र ८ वर्षीया दुई बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
प्रहरीका अनुसार मटिहानी–४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको थियो। सोही क्रममा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन ट्याक्टरमा बसेका थिए। खेत जोत्ने क्रममा उनीहरू रोटाभेटरमा परेर किचिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालकबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more