धनुषा–३ का रामुपा प्रत्यासी डा. राजीव झा रास्वपामा प्रवेश गर्ने तयारीमा

२८ माघ , जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का रामुपा (राष्ट्रिय मुक्ति पार्टी) का प्रत्यासी डा. राजीव झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने योजना रहेको बताएका छन्।
आज बिहान ११:३० बजे उद्योग वाणिज्य संघको हलमा आयोजना हुने एक कार्यक्रमबीच आफू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारी रहेको उनले जानकारी दिएका हुन्।
डा. झाले ‘बिजी न्युज’सँग कुराकानी गर्दै वर्तमान राजनीतिक परिवेशमा रास्वपाप्रति जनताको आकर्षण बढ्दो रहेको उल्लेख गरे। उनका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको लोकप्रियता र वैकल्पिक राजनीतिक शक्तिप्रति देखिएको जनलहरका कारण आफूले रास्वपामा आबद्ध हुने निर्णय लिएको बताए।

“अहिले परिवर्तनको लहर छ। मधेसी समुदायबाट प्रधानमन्त्री पाउने सम्भावना समेत देखिएको छ। त्यसैले देश र मधेसको हितका लागि रास्वपामार्फत अघि बढ्ने निर्णय गरेको हुँ,” डा. झाले भने। उनले धनुषा–३ का रास्वपा प्रत्यासी मनिष झालाई समर्थन तथा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more