ठूला माछा’का नाइके भनिएका प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

२३ माघ, काठमाडौ ।  नलिन्चोक हेलिपोर्ट घोटाला प्रकरणमा आरोपित निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
विशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दायर निवेदनमा सर्वोच्चले हस्तक्षेप नगरेसँगै विशेष अदालतको निर्णय सदर भएको छ। यससँगै अधिकारीलाई कानुनी रूपमा अर्को झट्का लागेको छ।
भ्रष्टाचारका ठूला प्रकरणमा ‘ठूला माछा’का रूपमा चर्चित अधिकारीलाई विभिन्न परियोजनामा अनियमितता गरेको आरोप लाग्दै आएको छ। विशेष गरी नलिन्चोक हेलिपोर्ट निर्माणसँग सम्बन्धित आर्थिक अनियमितताको मुद्दामा उनीमाथि छानबिन र अभियोजन प्रक्रिया अघि बढाइएको थियो।
यसअघि पनि अधिकारी नेतृत्वमा रहेका बेला पोखरा लगायतका परियोजनामा अर्बौं रुपैयाँको अनियमितता भएको निष्कर्ष सम्बन्धित सरकारी निकायहरूले सार्वजनिक गरिसकेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more