रौतहट–२ मा रास्वपा उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

२२ माघ, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक नाबालिकाको ज्यान गएको छ।
बिहीबार दिउँसो करिब २ः३० बजे इशनाथ नगरपालिका–४ मठिया क्षेत्रमा चुनावी प्रचारका क्रममा तीव्र गतिमा रहेको बा १५ च ४२४४ नम्बरको कारले चार वर्षीया अल्फा खातुनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते बनेकी बालिकालाई तत्काल उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।
प्रहरीका अनुसार उक्त गाडीमा सवार उम्मेदवार आलम चुनावी प्रचारका क्रममा मत माग्दै गइरहेका थिए। दुर्घटनापछि चालकले नै घाइते बालिकालाई अस्पताल पुर्‍याएको बताइए पनि बालिकाको मृत्यु भएपछि चालक अस्पतालबाटै फरार भएको जनाइएको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। चुनावी प्रचारका क्रममा सवारीसाधनको तीव्र गति र सुरक्षा सतर्कताबारे प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार ठक्कर दिने गाडी नियन्त्रणमा लिइएको छ र फरार चालकको खोजी तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइने र दोषीमाथि कडा कारबाही गरिने जनाएको

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more