भारत सरकारले नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने

१८ माघ, काठमाडौ । छिमेकी देश भारतले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने निर्णय गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्‌मा पेस गरेको केन्द्रीय बजेटमा नेपालका लागि अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) विनियोजन गरिएको उल्लेख गरिएको छ । यो रकम गत वर्षको भन्दा १०० करोड भारतीय रुपैयाँले बढी हो ।
भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई दिइने सहायता रकम वृद्धि गरिएको हो । यस अनुदान सहयोगले पूर्वाधार, सामाजिक विकास, स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा नेपाल–भारतबीचको विकास साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएक छ।
विश्लेषकहरूका अनुसार दुवै मुलुकबीचको ऐतिहासिक तथा पारम्परिक मित्रता र समान हितका कुरा समेट्दै सहयोग रकम वृद्धि गरिएको हो । यसले नेपालका लागि सहयोगको निरन्तरता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने संकेत पनि दिनेछ ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more