राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै

माघ १८, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल माघ २१ गतेसम्म जापानमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, दुई देशबीचको आपसी हित, सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच विकास सहयोग, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ।
७०औँ वर्षगाँठको सन्दर्भमा हुने राष्ट्रपतिको यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more