चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन

माघ १८, काठमाडौ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै दिउँसो १२:४५ बजे उनको निधन भएको जनाएको हो।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी भइरहेका बेला अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका अनुसार गम्भीर अवस्थाका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार गरिएको थियो। तर ४८ घण्टासम्म पनि न्यूरोलोजिकल अवस्थामा सुधार नदेखिएको र मस्तिष्कीय कार्यक्षमता पुनःस्थापित हुने कुनै संकेत नपाएपछि चिकित्सकीय प्रोटोकलअनुसार परीक्षण गरिएको थियो। एप्निया परीक्षण पोजेटिभ देखिएको, अर्थात् स्वतः श्वासप्रश्वास नभएको पुष्टि भएपछि उनलाई मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more