सुनचाँदीको भाउ इतिहासकै उच्च

१४ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।

मंगलबार छापावाल सुन सोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु

जनकपुरधामको विकासका लागि लालबाबु मिश्राले अघि सारे पाँच प्रमुख प्राथमिकता

Read more

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच चार घण्टा लामो भेटवार्ता, नियुक्तिका विषयमा छलफल

Read more