धनुषाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेद्वारा उम्मेदवार घोषणा

माघ ४, जनकपुरधाम।  — नेकपा एमालेले धनुषा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार जिल्लाका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाइएको हो।
घोषणा अनुसार क्षेत्र नं. १ बाट रामचन्द्र मण्डल, क्षेत्र नं. २ बाट उमाशंकर अरगरिया, क्षेत्र नं. ३ बाट जुली कुमारी महतो र क्षेत्र नं. ४ बाट रघुवीर महासेठ उम्मेदवार घोषित भएका छन्।
घोषित उम्मेदवारमध्ये रामचन्द्र मण्डल हाल मधेस प्रदेश सभा सदस्य रहेका छन्। त्यसैगरी रघुवीर महासेठ र जुली कुमारी महतोले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए। क्षेत्र नं. २ का उम्मेदवार उमाशंकर अरगरियाले भने २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका थिए।
पार्टी स्रोतका अनुसार संगठनात्मक मजबुती, जनसमर्थन र विगतको निर्वाचन परिणामलाई आधार मानेर उम्मेदवार चयन गरिएको हो। एमालेले धनुषामा यसपटक चारवटै क्षेत्रमा बलियो प्रतिस्पर्धा गर्ने रणनीति लिएको जनाएको छ।
उम्मेदवार घोषणा भएसँगै क्षेत्र केन्द्रित भेटघाट, संगठन विस्तार तथा चुनावी अभियानलाई तीव्र बनाइने पार्टीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more