माघ ३, लाहान । लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता २०८२ आज लहानमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सिरहा जिल्ला टिमले ७ स्वर्ण र ७ रजत पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ।
घरेलु टोली लहानले ७ स्वर्ण र १ रजत पदकसहित टिम दोस्रो स्थान हासिल गरेको छ भने महोत्तरी जिल्ला टिमले ३ स्वर्ण पदक जित्दै तेस्रो स्थानमा सीमित भएको छ। प्रतियोगितामा प्रदेशभरका विभिन्न जिल्लाका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगितासँगै राष्ट्रिय कराते प्रतियोगिताका लागि विभिन्न तौल समूह र विधाबाट खेलाडी छनोटसमेत गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडी (तपशिल अनुसार):
पुरुष
सोहन मगर – ५० केजी – सर्लाही
रोहित ठाकुर – ५५ केजी – लहान
रितिक थिङ – ६० केजी – लहान
उज्वल परियार – ६७ केजी – धनुषा
समयुल मग्राती – ७५ केजी – महोत्तरी
एकेन्द्र बल्मपाकी – ८४ केजी – महोत्तरी
मनु कुशवाह – +८४ केजी – बारा
प्रियक चौधरी – एकल काता
लहान टिम – टिम काता
महिला
पोर्सिया चौधरी – ४५ केजी – सिरहा
लक्ष्मी चौधरी – ५० केजी – रौतहट
आशिका श्रेष्ठ – ५५ केजी – रौतहट
रिया श्रेष्ठ – ६१ केजी – सिरहा
सुस्मिता राना मगर – ६८ केजी – महोत्तरी
परिना शाही ठकुरी – +६८ केजी – सिरहा
रिद्धिरानी चौधरी – एकल काता – लहान
लहान टिम – टिम काता
कराते प्रशिक्षक बिरेन्द्र कर्ण अनुसार प्रतियोगिताले प्रदेशस्तरमा कराते खेलको विकास, खेलाडी पहिचान तथा राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी छनोटमा महत्वपूर्ण योगदान पुर्याएको छ।



















