सामाजिक अभियन्ता आशिका तामाङद्वारा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

पुस २५, काठमाडौ ।सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
फागुन २१ गते हुने निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ मध्ये एक क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धार रोजेको स्पष्ट पारेकी हुन्। उनले स्वतन्त्र उम्मेदवारीमार्फत नागरिकका वास्तविक मुद्दालाई संसदसम्म पुर्‍याउने उद्देश्य रहेको उल्लेख गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने चर्चा चलिरहेका बेला आशिकाले स्वतन्त्र उम्मेदवारीको निर्णय सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा यसले आश्चर्य पैदा गरेको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more