युवा तथा खेलकुद मन्त्री गुप्ताको भनाइ : अफवाह र अतिरञ्जित आरोपबाट राजनीति दूषित गरिँदैछ

पुस २५, काठमाडौ ।  युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफूविरुद्ध सामाजिक सञ्जाल र केही  सञ्चार माध्यममा फैलाइएका आरोपप्रति आपत्ति जनाउँदै आलोचना स्वीकार्य भए पनि अपुष्ट, अतिरञ्जित र नियतवश फैलाइने अफवाह अस्वीकार्य भएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले पत्रकार साथीहरू र सबैप्रति धन्यवाद व्यक्त गर्दै आलोचना गर्न सबै स्वतन्त्र रहेको र आफू त्यसलाई सहन तयार रहेको बताएका छन्। तर पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा नक्कली निम्तो, दलबलसहित भ्रमण, राज्यको ढुकुटी तथा जनताको पैसाको दुरुपयोग, मानव तस्करीजस्ता गम्भीर आरोप लगाइएको देखिए पनि राजनीतिक मर्यादाका कारण मौन बसेको उल्लेख गरेका छन्।

उनले अनर्गल आरोप, तथ्य जाँच नगरी तोडमोड गरेर फैलाइने समाचारले समाज र देशको भलो नगर्ने भन्दै लोकतन्त्र र वाक् स्वतन्त्रताको नाममा गरिने अपुष्ट आरोप र नियतवशको खेदाइ अनैतिक र कुरूप हुने टिप्पणी गरेका छन्। आलोचनात्मक चेतनासहितको खबरदारी र जवाफदेहिता लोकतन्त्रको सुन्दर पक्ष भए पनि आधारहीन आरोपले समाजलाई गलत दिशामा लैजाने उनको भनाइ छ।

मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालयमा विभिन्न देश तथा विदेशबाट कार्यक्रमका लागि निमन्त्रणा आउने गरेको र ती कार्यक्रममा सहभागी हुने–नहुने निर्णय समय र कार्यतालिकाका आधारमा हुने स्पष्ट पारेका छन्। पछिल्लो समय बाहिर जाने कार्यक्रम रद्द गरिएको विषयलाई लिएर ‘भिसा प्रक्रिया नै नगरी कसरी रद्द गरियो’ भन्ने समाचारहरू आएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।
राजनीतिमा प्रवेश गरेपछि यस्ता अफवाह र हुँदै नभएका आरोप सहनुपर्ने अवस्था आउने स्वीकार गर्दै मन्त्री गुप्ताले अनावश्यक अतिरञ्जना र अफवाहबाट बच्न तथा समाजलाई सकारात्मक दिशामा डोहो¥याउन सबैलाई आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more