ट्रंपको दाबी: वेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नी अमेरिकाको नियन्त्रणमा

पुस १९, भेनेजुवेला।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले वेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रंपका अनुसार काराकासमा भएका संदिग्ध हवाई हमलापछि उनीहरूलाई हिरासतमा लिइएको हो।

ट्रंपले सार्वजनिक अभिव्यक्तिमार्फत अमेरिकाले वेनेजुएलामा निर्णायक सैन्य कारबाही गरेको र त्यसकै क्रममा मादुरो दम्पती नियन्त्रणमा आएको दाबी गरेका हुन्। उनले यस कदमलाई ‘लोकतन्त्र पुनःस्थापनाको प्रक्रिया’ सँग जोडेर व्याख्या गरेका छन्।

यद्यपि, अमेरिकी प्रशासनका अन्य निकाय तथा वेनेजुएलाको सरकारबाट यसबारे औपचारिक पुष्टि भने भइसकेको छैन। वेनेजुएलाले काराकासमा भएका हवाई हमलालाई अमेरिकी आक्रमणको रूपमा व्याख्या गर्दै कडा प्रतिक्रिया जनाएको छ र यसलाई सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भनेको छ।
यस घटनापछि अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको छ। ल्याटिन अमेरिकी क्षेत्रसहित विश्वका विभिन्न मुलुकहरूले गम्भीर चासो व्यक्त गरेका छन् भने संयुक्त राष्ट्रसंघमा आपत्कालीन छलफलको माग उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि ट्रंपको दाबी सत्य प्रमाणित भयो भने वेनेजुएलामा शासन परिवर्तनको सम्भावना बलियो बन्नेछ र त्यसले क्षेत्रीय तथा विश्व राजनीतिमा दीर्घकालीन असर पार्न सक्छ। यद्यपि, आधिकारिक पुष्टि नआएसम्म अवस्था अझै अस्पष्ट रहेको उनीहरूको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more