११ जिल्लामा आज बाढीको उच्च जोखिम

असोज १९, जनकपुरधामअविरल वर्षाका कारण आज कोसी र मधेस प्रदेशका नदी तथा खोलामा बाढीको जोखिम छ ।इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा र धनुषाका नदी तथा खोलामा बाढीको उच्च सम्भावना रहेको छ ।

कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि रहेको छ । वाग्मती र कमलामा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।संखुवासभा, भोजपुर, खोटाङ, महोत्तरी, सर्लाही, रौतहट र आसपासका जिल्ला भएर बग्ने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहने पूर्वानुमान छ ।

भोलि देशभरका अधिकांश नदीहरूमा बहाव सामान्य रहने पूर्वानुमान रहेको विभागले बताएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने विभागको पूर्वानुमान छ ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more