मधेश प्रदेशका नदीहरू वरपर आज साँझ र राती उच्च जोखिम

१८ असोज, काठमाडौं । बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सबै नदीहरु वरपर आज साँझ र राती थप जोखिम बढ्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काभ्रे, काठमाडौं र मकवानपुरका जिल्लाहरुका नदीहरुमा पानीको बहाव बढेको छ ।

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो रहेको उल्लेख गरेको छ ।

महाशासाले बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो रहेकोले सुरक्षित रहन अपिल गरेको छ ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more