उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द

असोज १८, काठमाडौ ।  भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजदेखि आगामी तीन दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बैठक बसेर उक्त निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा, विशेषगरी काठमाडौं उपत्यकासहित, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरेपछि जोखिम कम गर्न यस्तो कदम चालिएको हो।

प्राधिकरणका अनुसार अविरल वर्षाले बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले सवारी साधन आवतजावत रोकिएको हो। यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारीसाधनलाई उपत्यकामा भित्रिन वा बाहिरिन अनुमति नहुने प्रष्ट पारिएको छ।

साथै, सम्बन्धित निकायलाई सतर्क रहन र विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यात्रुहरूलाई अनावश्यक यात्रा नगरी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।सरकारले नागरिकलाई अफवाहमा नपरी आधिकारिक सूचना मात्रै पालना गर्न अनुरोध गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more