जनकपुरधाममा नगर प्रहरीद्वारा फुटपाथ अतिक्रमण हटाउने अभियान

असोज १७, जनकपुरधाम। जनकपुरधाममा नगर प्रहरीद्वारा फुटपाथ अतिक्रजनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीहरूले शुक्रबार बिहानदेखि फुटपाथ अतिक्रमणविरुद्धको अभियान शुरु गरेका छन् । रेलवे स्टेशन क्षेत्रबाट सुरु गरिएको अभियानमा नगर प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो।

नगर प्रहरीले सडक र फुटपाथमा अवैधानिक रूपमा राखिएका सामान हटाउँदै व्यापारीलाई सार्वजनिक बाटो अतिक्रमण नगर्न चेतावनी दिएको छ। अतिक्रमणका कारण पैदल यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएको भन्दै उपमहानगरले नियमित अभियानमार्फत सडकलाई सहज र सुरक्षित बनाउन लागेको जनाएको छ।

नगर प्रहरी नितेस रायले “यदि अबको दिनमा पनि व्यापारीहरूले अतिक्रमण हटाएनन् भने समान जफत गरिनेछ” भन्दै कडाइपूर्वक चेतावनी दिएका छन्।

यसैबीच, नगर प्रहरी टोलीले आज माइकिङ्गमार्फत पनि अतिक्रमण नगर्न आग्रह गर्दै चेतावनी प्रसारित गरेको थियो। माइकिङ्गपछि नगर प्रहरी टोली फर्किएको भए पनि आगामी दिनमा निरन्तर अभियान सञ्चालन गरिने जनाएको छ।

उपमहानगरपालिकाले सार्वजनिक सम्पत्ति प्रयोग गरी व्यापार गर्ने प्रवृत्ति नियन्त्रण नगरेसम्म शहरको सौन्दर्य बिग्रिने मात्र होइन, दुर्घटनाको सम्भावना पनि बढ्ने भएकाले कठोर कदम चाल्नुपर्ने जनाएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more