जनकपुरधाम उपमहानगरपालिकामा चौठचन्द्र र तीजको अवसरमा स्थानीय बिदा

भदौ ८ , जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकाले मिथिलान्चलमा मनाइने  चौठचन्द्र (गणेश चतुर्थी) पर्व र हरितालिका तीज पर्वको अवसरमा भदौ १० गते (मङ्गलवार) स्थानीय बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु र अन्तर्गतका कार्यालयहरुमा उक्त दिन अति आवश्यक  सेवा प्रवाह बाहेकका सम्पूर्ण काम बन्द रहने जनाइएको छ।

उपमहानगरपालिकाले जारी गरेको सूचना अनुसार “मिथिलामा मनाइने  चौठचन्द्र (गणेश चतुर्थी) र हरितालिका तीज पर्व एकै दिन परेको हुनाले भदौ १० गते स्थानीय बिदा रहने” उल्लेख गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा CFWA का कर्मचारीद्धारा रकम सहयोग

    Read more

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more