विद्यालय शिक्षा विधेयक विरुद्ध जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूको विरोध प्रदर्शन

भदौ ९, जनकपुरधाम। नेपाल सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकका केही प्रावधानविरुद्ध निजी विद्यालयहरूको छाता संगठनहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

मधेश प्रदेशका आठै जिल्लाबाट आएका निजी विद्यालय सञ्चालक, शिक्षक तथा छाता संगठनका प्रदेश र केन्द्रीय पदाधिकारीहरू सहभागी भएको उक्त प्रदर्शन प्रदेशसभा भवन अगाडि आयोजित गरिएको थियो। उनीहरूले सरकारद्वारा ल्याइएको विधेयकमा निजी शिक्षाको अस्तित्वलाई खतरामा पार्ने खालका प्रावधान समावेश गरिएको भन्दै विरोध जनाए।

नेताहरूले सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकको विवादास्पद प्रावधान खारेज नगरे आन्दोलनलाई अझ कडा बनाइने चेतावनी दिए। उनीहरूले सरकारले सहमतिको वातावरण सिर्जना नगरे हजारौँ निजी विद्यालय बन्द हुन सक्ने र त्यसले लाखौँ विद्यार्थीको शैक्षिक भविष्य संकटमा पर्ने खतरा रहेको बताए।

निजी विद्यालयले राखेका पाँच मागहरू:-
१) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।
२) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने ।
३) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने ।
५) कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था हटाउनुपर्ने ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more