जनकपुरधाममा मानव बेचबिखन र यौन अपराधमा संलग्न आजिज राइन पक्राउ

भदौ ८, जनकपुरधाम।धनुषा प्रहरीले मानव बेचबिखन, जवरजस्ती करणी र यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा आजिज राइनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीका अनुसार राइनलाई जनकपुरधाम–४ स्थित विद्यापति चोकबाट नियन्त्रणमा लिइएको हो। उनी त्यही क्षेत्रमा रहेको “मधेश प्रदेश गेस्ट हाउस” नामक होटल संचालन गर्दै आएका थिए। हाल प्रहरीले उक्त गेस्ट हाउस बन्द गराएको छ।

राइनविरुद्ध विभिन्न उजुरी दर्ता भएको र मानव बेचबिखन तथा यौन अपराधसम्बन्धी गम्भीर आरोपहरूमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेकाले आयोगले पनि प्रारम्भिक अनुसन्धान सुरु गरेको पुष्टि गरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more