रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

भदौ ८, गौर। मधेश प्रदेशको रौतहट जिल्लामा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार साँझ स्थानीयवासीले संकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त सुटकेश डोरीले बाँधिएको अवस्थामा भेटिएको थियो।

प्रहरीले आज बिहान मात्रै उक्त सुटकेश खोलेपछि भित्र अन्दाजी २५–३० वर्षकी महिलाको शव फेला परेको पुष्टि गरेको छ। प्रारम्भिक अनुमान अनुसार महिलाको हत्या गरी शव सुटकेशमा हालिएको हुनसक्ने आशंका गरिएको छ।

हाल प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइरहेको छ। शवको पहिचानका लागि प्रक्रियासमेत सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।प्रहरीले यो घटनालाई गम्भीर आपराधिक गतिविधि मानेर आवश्यक प्रमाण संकलन र सम्भावित संलग्न व्यक्तिहरूको खोजी अभियान चलाइरहेको जनाएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more