भदौ महिनाका लागि बैंकहरुले ब्याजदर घटाए

१ भदौ, काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदोमा ब्याजदर घटेको हो।

साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।

साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि यो ५.५७ प्रतिशतमा कायम भएको छ ।

साउनको तुलनामा भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई छन् ।

११ बैंकले ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक छन् । एउटा बैंक प्रभुले भने बढाएको छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

असार महिनामा भएको उच्च पूँजीगत खर्चले निक्षेप बढ्नु तर कर्जा प्रवाहमा सुस्तता कायमै रहेपछि बैंकहरुले भदौमा पनि ब्याजदर घटाएका हुन् ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशत)

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ५.४ -५.२
एभरेस्ट ६.२५- ५.७५
नेपाल ५.४ -५.४
लक्ष्मी सनराइज ५.५ -५
माछापुच्छ्रे ६ ६
एनआईसी एसिया ६.२५ -६.२५
प्रभु ४.२५ ५.३५
स्टान्डर्ड चार्टड ६.२६ -५.१३
राष्ट्रिय वाणिज्य ५.५ -५.५
नबिल ५.५ -५.५
ग्लोबल आईएमई ६- ६
सिद्धार्थ ५.७५ -५.५
प्राइम कमर्सियल ६ -६
कुमारी ५.४१ -५.२१
सानिमा ६.१८ -५.७५
हिमालयन ६ -६
नेपाल एसबीआई ५.३५ -५.२५
इन्भेस्टमेन्ट मेगा ५.२५ -५.२५
एनएमबी ६- ६
सिटिजन्स ५.५ -५.५

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply