सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा

श्रावण २९, काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सदन बहिष्कारलाई निरन्तरता दिने घोषणा गरेका छन्।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा दिएको राजीनामा सकारात्मक सन्देश भए पनि अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म सदन बहिष्कार जारी रहने बताए। उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध पनि प्रश्न उठाउँदै, “नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि? अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति आवश्यक छ,” भने।

आजको बैठकमा राप्रपा र रास्वपाका सांसदहरू बैठक सुरु हुनुअघि नै बाहिरिएका थिए। रास्वपाकी सांसद चन्दा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको उल्लेख गर्दै, “अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन। राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ?” भन्दै सदनमार्फत ध्यानाकर्षण गराइन्।सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरी आर्थिक पारदर्शिता कायम गर्नुपर्ने र जनभावनाको कदर गर्न सबै दल र नेताहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

 

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    Leave a Reply